Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकका ४ सय १७ संक्रमित, तीन जनाको मृत्यु

सिन्धुपाल्चोकका ४ सय १७ संक्रमित, तीन जनाको मृत्यु


चौतारा । सिन्धुपाल्चोकमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेलम्ची नगरपालिकाका ५ जना, चौतारा नगरपालिकाका ७ जना, जुगलका ५ जना गरी १७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगैं जिल्लमा कोरोना संक्रमितको संख्या २ सय ९३ पुगेको छ ।

यसैगरी सिन्धुपाल्चोक स्थायी घर भएर काभ्रे र काठमाडौंमा परीक्षण गर्नेको संख्या १ सय २४ रहेको छ । यो जोड्दा जिल्लका कुल संक्रमितको संख्या ४ सय १७ पुगेको छ ।

कोरोना संक्रमणबाट जिल्लामा तीन जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहरले संक्रमितहरुको संख्या जिल्लामा दिनदिनै बढेको छ । यही कुरालाई ध्यानमा राख्दै आजदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म लागू हुने छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!