Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाचेम्बरद्धारा बिरामीलागि निशुल्क एम्बुलेन्सको व्यवस्था, यी नम्बरमा फोन गर्नुस

चेम्बरद्धारा बिरामीलागि निशुल्क एम्बुलेन्सको व्यवस्था, यी नम्बरमा फोन गर्नुस


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोनाले निम्त्याएको स्वास्थ्य संकटलाई मध्यनजर गर्दै बिरामीलाई अस्पताल पुर्याउनका लागि ओसारपसार गर्न निशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ ।

आपतकालीन प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराएको चेम्बरले जनाएको छ ।

कोभिड १९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेको बेला नेपाल चेम्बरले क्षेत्रपाटी चिकित्सालयको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

एम्बुलेन्स सेवा प्रयोगका लागि चेम्बरको फो नम्बर ०१५३३०९४७ र क्षेत्रपाटी चिकित्सालयको माबाइल नम्बर ९८५१२२१६०३९ मा सम्पर्क गर्न सकिनेछ ।

हाललाई काठमाडौं भित्रका अस्पताल जानुपर्ने बिरामीहरले एम्बुलेन्स सेवा लिन सक्नेछन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!