Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाह्याम्सले सिन्धुवासीको निशुल्क कोरोना परीक्षण गर्ने

ह्याम्सले सिन्धुवासीको निशुल्क कोरोना परीक्षण गर्ने


काठमाडौं । ह्याम्स अस्पताल काठमाडौंले सिन्धुपाल्चोकमा कन्ट्याक्ट ट्रेसिङमा परेका र कोभिड १९ शंका लागेका व्यक्तिको निशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।

जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्र (डिसीएमसी)को आज बसेको बैठकले जिल्लामा कन्ट्याक्ट ट्रेसिङ गरिएका नमूनाहरुलाई ह्याम्स अस्पतालमा परीक्षण गर्न पठाउने निर्णय गरेको हो । ह्याम्स अस्पतालका सञ्चालक सिन्धुवासी हुन् ।

डिसीएमसीका एक सदस्यका अनुसार ह्याम्सले ३ हजार पीसीआर परीक्षण र ३ हजार एन्टिजेन परीक्षण निशुल्क गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै ह्याम्सलाई जिल्ला प्रवेश गर्ने नाकाहरुमा रहेका होल्डिङ सेन्टरहरुमा प्रयोग गर्नका लागि कोभिड १९ एन्टिजेन परीक्षण किटहरु डीसीएमसीलाई उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!