शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाकोरोना संक्रमणको लक्षण छ ? सिन्धुवासीले यी नम्बरमा फोन गर्नुस

कोरोना संक्रमणको लक्षण छ ? सिन्धुवासीले यी नम्बरमा फोन गर्नुस


चौतारा । सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको व्यवस्थापनका लागि जिल्लाभर फोकल पर्सन तोकिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला स्वास्थ्य कार्यालयसहित १२ वटै स्थानीय तहका लागि फोकल पर्सन तोकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जिल्लाभरका स्थानीय तहमा दुईदेखि ६ जना फोकल पर्सन तोकिएको जानकारी दिए ।

कन्ट्याक्ट ट्रेसिङ तथा कोभिड १९ लागेको शंका लागेका स्थानीयहरुले आफ्नो स्थानीय तहमा तोकिएको व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नेछन् ।

यसअघि आज नै बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले पनि कन्ट्याक्ट ट्रेसिङलाई समुदायस्तरमा लाने र त्यसका लागि जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सहजीकरण गर्न जिम्मा दिएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!