मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाआज साँझ ६ बजेबाट सिन्धुपाल्चोकभर निषेधाज्ञा जारी

आज साँझ ६ बजेबाट सिन्धुपाल्चोकभर निषेधाज्ञा जारी


चौतारा । सिन्धुपाल्चोक जिल्लामा आज देखि पूर्ण रुपमा निषेधाज्ञा लागू गरेको छ । आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने भएको छ ।

चौतारामा आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यस अघि केन्दले जिल्लाका सडक आसपासमा क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । सो को पूर्ण पालनासहित जिल्लाभर निषेधाज्ञा जारी गर्ने डीसीएमसीले निर्णय गरेको छ ।

पहाडी जिल्लामा २ सय भन्दा बढी संक्रमित भए निषेधाज्ञा जारी गर्ने सरकारले यसअघि नै निर्णय गरेको थियो । जिल्लामा २ सय ६० बढीमा संक्रमण पुष्टि भइसकेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!