Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकुविण्डे र कदमबासपछि कोरोनाको ‘डेन्जर जोन’मा ठूलोसिरुवारी

कुविण्डे र कदमबासपछि कोरोनाको ‘डेन्जर जोन’मा ठूलोसिरुवारी


ठूलोसिरुवारी । चौतारा साँगाचोकगढी नगरपालिकास्थित साविक ठूलोसिरुवारी गाविस कोरोनाको दोस्रो लहरको डेन्जर जोनमा परेको छ । एकै दिन ३३ संक्रमित यही गाउँमा भएपछि केविण्डे र कदमबासपछि यो गाउँ कोरोनाको उच्च जोखिममा परेको हो ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा ७० जनाको कोरोना रिपोर्ट पोजेटिभ आउँदा ठूलो सिरुवारीमा मात्रै ३३ जना संक्रमित भए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो गाउँका ८७ जनाको स्वाब संकलन गरिएको थियो । नगरपालिकाका साविक १० गाविसका ४२ जनाको रिपोर्ट पोजेटिभ आउँदा ठूलोसिरुवारीमा मात्रै ३३ संक्रमित भएकाले यो गाउँ कोरोनामा डेन्जर जोनमा परेको हो ।
अहिले पोजेटिभ आएका हरुको सम्पर्कमा रहेकाहरुको स्वाब लिइने हुँदा अझै बढ्ने अनुमान छ । ठूलोसिरुवारीमा कसैलाई पनि घर बाहिर ननिस्कन स्थानीय जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । आफू संयमित भई सावधानी अपनाउन जनप्रतिनिधिहरुको अपिल छ ।
आज रिपोर्ट आएकोमा चौतारा साँगाचोकगढी नगरपालिकामा ४२, इन्द्रावती गाउँपालिकामा १४, लिसंखुपाखर गाउँपालिकामा ६, भोटेकोसी गाउँपालिकामा ३, बलेफी गाउँपालिकामा ३ र त्रिपुरासुन्दरी गाउँपालिकामा ३ गरि ७० जना कारोना भाइरस संक्रमित भएका हुन् ।
कोभिड १९ को दोस्रो भेरियन्ट आएसँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भइसकेको छ भने ३ जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!