सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा एकैदिन थप ७० सँगै संक्रमितको संख्या २६३ पुग्यो

सिन्धुपाल्चोकमा एकैदिन थप ७० सँगै संक्रमितको संख्या २६३ पुग्यो


चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार नमूना लिइएका २२६ जनाको परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाईले जानकारी दिनुभयो ।

संक्रमण भएकामध्ये चौतारा नगरपालिकाका ४२, इन्द्रावतीका १४ र लिसंखुपाखरका ६, भोटेकोशी ३, बलेफि २ र त्रिपुरासुन्दरीमा ३ जना छन् ।

चौतारा नगरपालिकाका मात्रै चौताराका १३, ठूलोसिरुवारीका ३३ र कुभिन्डेका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै सिन्धुपाल्चोकमा संक्रमितको संख्या २ सय ६३ जना पुगेको छ । तीन जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!