Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा करिब २ सय संक्रमित

सिन्धुपाल्चोकमा करिब २ सय संक्रमित


चौतारा । सिन्धुपाल्चोकमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । चौतारा नगरपालिका ९ कदमवासका १० जना र चौताराका तीन जना गरी थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगैं जिल्लामा संक्रमितको संख्या १ सय ९३ पुगेको छ । जिल्लाको हालसम्म तीन जनाको मृत्यु भएको छ ।

कुभिन्डेका दुई जना र सिरुवारीका १ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

अहिले जिल्लाका नौ स्थानीय तहका केही भागमा निषेधाज्ञा जारी गरिएको छ र राजमार्ग तथा सडकको आसपास निषेधाज्ञा जारी गरिएपनि २ सय संक्रमित पुगेपछि जिल्ला नै पूर्ण निषेधाज्ञा गर्ने सरकारको तयारी छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!