Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकुभिन्डे र कदमवास `सिल`

कुभिन्डे र कदमवास `सिल`


चौतारा । सिन्धुपाल्चोकका चौतारा नगरपालिकाका केही क्षेत्र शिल गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कदमवास र कुभिन्डे शिल गरेको हो । यी क्षेत्रमा वैशाख २३ देखि वैशाख ३१ सम्म सिल गरिएको हो ।

पछिल्लो समय उक्त क्षेत्रमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । हालसम्म कदमवासमा २४ जना र कुभिण्डेमा ३० जना संक्रमित भेटिएका छन् । यस्तै कुभिन्डेमा दुई जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने कदमवासकी एक महिलाको कोरोनासँग मिल्ने लक्षण देखिएको र ती महिलाको मृत्यु भएको थियो ।

साविकको कुभिन्डे गाविसको वडा नम्बर ५, ६, ७, ८ र ९ शिल गरिएको हो । चौतारा साँगाचोकगढी वडा नम्बर ४ को पूर्वमा नौबिसे, पश्चिममा चौतारा साँगाचोकगढी नगरपालिका ५ को सीमाना, उतरमा साविकको बतासे गाविस र दक्षिण मेलचौर इर्खुको सीमाक्षेत्र शिल गरिएको छ ।

यस्तै चौतारा साँगाचोकगढी नगरपालिका ९ को कदमवास गाउँको सम्पूर्ण क्षेत्र शिल गरिएको छ । पूर्वमा बलेफि गाउँपालिकाको सीमाना, पश्चिममा लिपी खोला, उतरमा इर्खु र दक्षिण पश्चिमको जलकिनी क्षेत्रसम्म शिल गरिएको छ ।

शिलको पालना नगर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुनेछ । शिल गरिएको क्षेत्रमा मानिस आवतजावत पूर्ण रुपमा बन्द गरिनेछ । साथै शिल गरिएको स्थानका स्थानीय घर बाहिर निस्कन पाउने छैनन् । यसको अनुगम स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले गर्नेछन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!