Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकुभिण्डेका मृतकको पीसीआर रिपोर्ट पोजेटिभ

कुभिण्डेका मृतकको पीसीआर रिपोर्ट पोजेटिभ


चौतारा । हिजो मृत्यु भएका चौतारा साँगाचोकगढी नगरपालिका ४ का एक पुरुषको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि काठमाडौं लादालादै उनको हिजो साँगाचोकमा मृत्यु भएको थियो ।

मृत्युपछि लिएको स्वाब संकलनमा आएको रिपोर्टमा उनका कोरोना पोजेटिभ देखिएको हो । शनिबार आएको पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो ।

उनको हिजो नै कुभिण्डे खोलामा अन्त्यष्टि गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले उनको शवको अन्त्यष्टि नेपाली सेनाले गरेको हो ।

उनी चौतारा साँगाचोकगढी नगरपालिका ४ का काँग्रेसबाट वडाध्यक्षका प्रत्यासि थिए ।

उनको मृत्युमा नेपाली कााग्रेस सिन्धुपाल्चोकलगायत विभिन्न नेताहरुले दुख व्यक्त गरेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस