Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकोरोना नेगेटिभ देखिएका कुभिण्डेका एक पुरुषको अस्पताल लादालादै मृत्यु

कोरोना नेगेटिभ देखिएका कुभिण्डेका एक पुरुषको अस्पताल लादालादै मृत्यु


चौतारा । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ४ कुभिण्डेका एक पुरुषको मृत्यु भएको छ । ५३ वर्षीय पुरुषको अस्पताल लाँदालादै साँगाचोकमा मृत्यु भएको हो ।

उनको पीसीआर परीक्षण गर्दा गत शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । उनका छोराको भने कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपनि आज श्वास फेर्न गाह्रो भएपछि उनलाई चौतारा अस्पताल ल्याइएको थियो ।

चौतारा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अक्सिजनसहित एम्बुलेन्समा धुलिखेल लान चौतारा अस्पतालका चिकित्सकले सुझाव दिएका थिए ।

धुलिखेल अस्पताल नपुर्याउदै साँगाचोकमा उनको मृत्यु भएको हो । उनको शनिबार कोरोना नेगेटिभ आएपछि पुन परीक्षण गरिएको छैन् ।

मानिसको मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने सरकारको नीति छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस