Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षास्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अनुरोध

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको अनुरोध


चौतारा । कोभिड १९ को नयाँ भेरिएन्ट सहितको दोश्रो लहरको महामारीको प्रभाव सिन्धुपाल्चोक जिल्लामा पनि पर्न थालेको छ । सिन्धुपाल्चोक जिल्लामा पनि कोभिड संक्रमण दर अप्रत्यासित रुपमा बढ्न थालेकोले यसबाट वच्न निम्न उपायहरु अपनाऔं/अपनाउन लगाऔं ।
–  अति आवश्यक काम नपरेसम्म घरबाट वाहिर ननिस्कौ ।
–   घरबाट वाहिर निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं ।
–  मानिसहरुको विचमा जाँदा न्युनतम २ मिटरको भौतिक दुरी कायम गरौं ।
–  कुनै चिज वा सतहमा छोएपछि अनिवार्य रुपमा र अन्य अवस्थामा पनि वारम्वार साबुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने गरौं ।

–  सार्वजनिक यातायातमा यात्रा गर्दा वा वजार/भिडभाडमा जानुपर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं र वारम्वार साबुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने गरौं ।
– मेला, महोत्सव, भेला आदि आयोजना नगरौ/सहभागी नवनौं ।
– विवाह, मृत्युसंस्कार आदि सामाजीक/सास्कृतिक कार्यहरुमा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्ड पालना गरौं ।
– संक्रमण प्रभावित स्थानहरुबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा २ हप्तासम्म होम क्वारेन्टाईनमा वसौं र अरुले पनि उहाँहरुलाई होम क्वारेन्टाईनमा बस्न सहयोग गरौं ।

– आफ्नो घर वा छरछिमेकमा कसैलाई कोभिड १९ संग मिल्दो (ज्वरो आँउने, खोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाई हुने, जिउ दुख्ने आदि) लक्षण देखिएमा नजिकका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी वा स्थानीय तहमा सम्पर्क गरौं ।
– संक्रमित व्यक्तिहरु संग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुले परिक्षणको लागि स्थानीय तहमा सम्पर्क गरौं ।
– जोखिममा परेका र संक्रमणको शंका भएका व्यक्तिहरु परिक्षण रिपोर्ट नआउँदासम्म आनिवार्य रुपमा होम क्वारेन्टाईनमा बसौं ।

कोभिड संक्रमणबाट आफु पनि वचौं, अरुलाई पनि वचाऔ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस