Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाकुभिन्डेका राजनको कोरोनाका कारण धुलिखेलमा मृत्यु

कुभिन्डेका राजनको कोरोनाका कारण धुलिखेलमा मृत्यु


धुलिखेल । सिन्धुपाल्चोकका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीया राजन गिरीको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।

उनलाई हिजो जिल्ला अस्पतालबाट धुलिखेल रिभर गरिएको थियो । हिजो बेलुका कोभिड पोजेटिभ देखिएका उनको आज बिहान मृत्यु भएको हो ।

चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो । आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो ।

दोस्रो लहरमा सिन्धुपाल्चोककै कोरोना संक्रमितको मृत्यु भएको पहिलो घटना हो भने यसअघि सिन्धु विकास बैंकमा काम गर्ने एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!