Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाथुम्पाखरमा सुविधासम्पन्न बर्थिङ सेन्टर

थुम्पाखरमा सुविधासम्पन्न बर्थिङ सेन्टर


पाखर । सुनकोसी गाउँपालिका वडा नम्बर ६ मा सुविधा सम्पन्न बर्थिङ सेन्टरको स्थापना गरिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले थुम्पाखर स्वास्थ्यचौकीमा निर्माण गरिएको बर्थिङ सेन्टरको बिहीबार उद्घाटन गरेका हुन् । टुकी संघ सुनकोशी र केयर नेपालको आर्थिक सहयोगमा ४० लाखमा बर्थिङ सेन्टरको निर्माण गरिएको वडाध्यक्ष राम कुमार थापाले जानकारी दिनुभयो ।

सुरक्षित सुत्केरी गराउनका लागि बर्थिङ सेन्टरको स्थापना गरिएको हो । थुम्पाखर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा पनि वर्षमा ३० जना बढी गर्भवती सुत्केरी हुने गरेका थिए । सेन्टरको स्थापनासँगैं सुत्केरी हुन धुलिखेल, काठमाडौं जाने अवस्था अन्त्य हुने वडाध्यक्ष थापाले बताए । यसैबीच सेन्टरको सुविधा विस्तारका लागि बिहीबार तरुण विभाग केन्द्रीय सदस्य पासाङ नोर्बु शेर्पाले २५ हजार सहयोग गरेका छन् ।

धुसिने पहिरो पीडितलाई सहयोग
नेपाली काँग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले धुसेनी पहिरो पीडितलाई ७५ हजार सहयोग गरेका छन् । बिहीबार वडा नम्बर ६ मा पुगेर बस्नेतले पहिरो पीडित ३ परिवारलाई २५ हजारका दरले सहयोग गरेका हुन् ।

सभामञ्चको उद्घाटन
सुनकोसी गाउँपालिका ६ ले सभाहलको निर्माण गरेको छ । ५ सय जना अट्ने क्षमता भएको सभा हलको पूर्वमन्त्री बस्नेतले उद्घाटन गर्नुभएको हो । १० लाख लागतमा हल निर्माण भएपछि कार्यक्रम, सभा, गोष्ठी गर्न सहज भएको वडाध्यक्ष थापाले बताए ।

 


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस