Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाहेलम्बुका अध्यक्ष, चौताराका प्रशासकीय अधिकृतसहित एकैदिन २५ जना संक्रमित

हेलम्बुका अध्यक्ष, चौताराका प्रशासकीय अधिकृतसहित एकैदिन २५ जना संक्रमित


चौतारा । सिन्धुपाल्चोकमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेलम्बु गाउँपालिकाका १८ जना र चौतारा नगरपालिकाका ७ जना गरी २५ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगैं जिल्लामा संक्रमित भएको यो सबैभन्दा धेरै तथ्याकं हो ।

हेलम्बुमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहित अन्य १७ जना संक्रमित भएका छन् । गाउँपालिका अध्यक्ष शेर्पाले फेसबुकमा स्टाटस लेख्दै आफू र गाउँपालिकाका अन्य संक्रमित भएको र स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका थिए ।

हेलम्बुका बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारीसहित १८ जना संक्रमित भएका छन् । यस्तै चौतारा नगरपालिकाका प्रशासकीय अधिकृत फडिन्द्र पौडेलसहित सात कर्मचारी संक्रमित भएका छन् ।

यो सँगै जिल्लमा दोस्रो लहर सुरु भएसँगैं संक्रमित हुनेको संख्या ३८ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!