Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकमा एसइई तयारी परीक्षा वैशाख १६ बाट हुने

सिन्धुपाल्चोकमा एसइई तयारी परीक्षा वैशाख १६ बाट हुने


चौतारा । सिन्धुपाल्चोकमा एसइई तयारी परीक्षा वैशाख १६ बाट सञ्चालन हुने भएको छ ।

माध्यमिक विद्यालय प्रधानाध्यापक समाजले मंगलबार जारी गरेको परीक्षा कार्यतालिकामा १६ गतेबाट २३ गतेसम्म सञ्चालन हुने उल्लेख छ ।

अध्यक्ष राधाकृष्ण श्रेष्ठद्धारा जारी सूचनामा बिहान ११ बजेबाट परीक्षा सञ्चालन हुने जानकारी दिईएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै देशभरका सम्पूर्ण विद्यालय बन्द भएपनि सिन्धुपाल्चोकका विद्यालय वार्षिक परीक्षा सञ्चालन गरेर मात्रै बन्द गर्ने निर्णय गरेको थियो ।

सोमबार सभामुख अग्नि सापकोटासहित बसेको कोरोना संकट व्यवस्थापनको बैठकले वैशाख मसान्तसम्म जिल्लाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!