Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिडियाेसहित सिन्धुमा एकैदिन सात संक्रमित

सिडियाेसहित सिन्धुमा एकैदिन सात संक्रमित


चाैतारा । सिन्धुपाल्चोकमा एकैदिन तीन कर्मचारीसहित सात जना काेराेना संक्रमित भएका छन् ।  मंगलबार प्रमुख जिल्ला अधिकारी सहित चाैतारा साँगाचाेकगढी नगरपालिकाका दुई कर्मचारी काेराेना संक्रमित भएका हुन्।  यसैगरी चाैताराकै अन्य दुईजना र हेलम्बु गाउँपालिकाका एक जनामा काेराेना संक्रमण देखिएकाे छ । याे सँगै दाेस्राे लहरमा जिल्लामा काेराेना संक्रमित हुनेकाे संख्या १३ पुगेको छ । पछिल्लो समय काेराेना भाईरस संक्रमण बढ्दै गएपछि उपत्यकामा १५ दिन निषेधाज्ञा जारी गरिएकाे छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!