सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षाहेलम्बुका सबै विद्यालय आजैबाट बन्द

हेलम्बुका सबै विद्यालय आजैबाट बन्द


हेलम्बु। हेलम्बु गाउँपालिकाले आफ्नाे पालिकामा रहेका सबै विद्यालय बन्द गरेको छ । साेमबार गाउँपालिका स्तरीय काेराेना संकट व्यवस्थापन समितिकाे बैठक बसी गाउँपालिकामा सञ्चालित विद्यालय तथा सम्पूर्ण परीक्षा बन्द गरेको हाे । पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वास्थ्य जस्तो गम्भीर विषयमा लापरवाही गर्न नहुने भन्दै विद्यालय बन्द गरिएको बताउनु भयाे । साथै समितिले गैरसरकारी संस्थाद्वारा सञ्चालन गरेको सबै कार्यक्रम पनि स्थगित गरेको छ । काेराेना महामारीको दाेस्राे लहर सुरु भएसँगै जिल्लामा संक्रमितकाे संख्या पनि बढेको छ। यता जिल्लामा काेेभिड १९ संकट व्यवस्थापनकाे बैठकले भने जिल्लाका सबै विद्यालय वैशाख मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!