Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षासिन्धुपाल्चोकका विद्यालय वैशाख मसान्तबाट मात्रै बन्द हुने

सिन्धुपाल्चोकका विद्यालय वैशाख मसान्तबाट मात्रै बन्द हुने


चाैतारा। सिन्धुपाल्चोकमा वैशाख मसान्तबाट मात्रै विद्यालय बन्द गरिने भएको छ । आज सदरमुकाममा बसेकाे काेराेना संकट व्यवस्थापन समितिकाे बैठकले विद्यालयहरुकाे अन्तिम परीक्षा सकेर विद्यालय बन्द गर्ने निर्णय गरेको हाे। सरकारले सम्पूर्ण परीक्षा स्थगित गर्ने र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि जिल्लामा भने परीक्षा कायमै राख्ने निर्णय गरेको छ । काेराेना भाईरस संक्रमण दिनानुदिन बढ्दै गएपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको थियाे । आज सभामुख अग्नि सापकोटाकाे समेत उपस्थितिमा भएको बैठकमा सरकारकाे निर्णय नमान्दै समितिले यस्तो निर्णय गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस