आईतबार, असोज ३१, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षामास्क नलगाउनेलाई कारवाही हुन्छः प्रहरी प्रमुख अधिकारी

मास्क नलगाउनेलाई कारवाही हुन्छः प्रहरी प्रमुख अधिकारी


चौतारा । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख राजन अधिकारीले कसैले जानी जानी अरुको स्वास्थ्य माथि खेलवाड गरे कारवाही हुने बताउनुभयो ।

आइतबार सदरमुकाममा आयोजित जनचेतनामुलक कार्यक्रममा अधिकारीले जानी जानी कसैको स्वास्थ्यमाथि खेलवाड गरे संक्रमित ऐन २०२० अन्तर्गत कारवाही हुने बताउनु भएको हो ।

सर्वसाधारणलाई जनचेतना जगाउँदै आफै मास्क वितरण गर्न निस्किएका अधिकारीले कोरोना भाइरस नियन्त्रणको पूर्वतयारीमा लाग्न सबै सिन्धुवासीलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख अमान सिं तमाङले चौतारावासीलगायत बजार क्षेत्रमा देखिने यात्रुहरू, पैदल यात्री, ब्यवसायीलाई मास्क वितरण गर्दै सुरक्षित हुन आग्रह गर्नुभयो ।

कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्लामा सावधानी अपनाउन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयले सरोकारवालाहरुसहित जनचेतनामुलक कार्यक्रम गरेको छ ।

प्रहरीको अगुवाईमा भएको कार्यक्रममा नगरपालिकाका मेयर, पत्रकार, उद्योग व्यवसायीलगायतको सहभागिता थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!