Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाशिक्षक संगठनको मेलम्ची नगर अध्यक्षमा भट्टराई

शिक्षक संगठनको मेलम्ची नगर अध्यक्षमा भट्टराई


पाण्डब अधिकारी
मेलम्ची  । नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर कमिटीको अध्यक्षमा लेखनाथ भट्टराई सर्वसम्मत चयन हुनुभएको छ।मेलम्ची फन पार्कमा बुधबार सम्पन्न संगठनको दोस्रो नगर अधिवेशनको बन्द सत्रले भट्टराईलाई पुनः अध्यक्षमा चयन गरेको हो।
कमिटीको उपाध्यक्षमा नेत्र तामाङ,महिला उपाध्यक्षमा मुना पौडेल, सचिबमा दिपलाल सिग्देल चयन हुनुभएको छ।त्यसैगरी अधिवेशनले कमिटीको सह-सचिबमा सरस्वती दुलाल (अधिकारी ),कोषाध्यक्षमा रमेश चापागाईं र सह-कोषाध्यक्षमा रमा गिरीलाई छनोट गरेको छ।

संगठनको बिधान अनुसार नगर कमिटी ३२ सदस्यीय रहने प्रावधान छ।अधिवेशनबाट पदाधिकारी सहित २४ सदस्य छनोट भएको र बाँकी प्रदेश प्रतिनिधि एवं संस्थागतबाट मनोनीत गरिने संगठनले जनाएको छ। अधिवेशनमा शिक्षक संगठनसँग आवद्ध नगरका १ सय ४३ जनाको प्रतिनिधित्व रहेको थियो। पूर्नगठित नगर कमिटीलाई संगठनका बागमती प्रदेश सचिब राजेन्द्रकुमार श्रेष्ठले सपथ ग्रहण गराउनु भयो। सपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष भट्टराईले गौरवशाली इतिहास बोकेको शिक्षक संगठनको गरिमा कायम राख्न आफू प्रयत्नशील रहने प्रतिवद्द्ता जाहेर गर्नुभयो ।
गौरवशाली विगत,चुनौतीपूर्ण वर्तमान,गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने नारा तय गरिएको यस अधिवेशनको उद्घघाटन संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा र मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले संयुक्तरूपमा गर्नुभयो।
उद्घघाटन सत्रलाइ सम्बोधन प्रमुख अतिथि संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले शिक्षकहरुको पेशागत हकहितमा दिनानुदिन सांगठनिक उत्तरदायित्व बढदै गएको आवश्यकता औल्याउँदै संगठन जति बलियो भयो त्यति नै मागहरू सम्बोधन हुनेमा जोड दिनुभयो। कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले सबै पेशागत संगठनहरुसँग हातेमालो गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा शिक्षाको बिकास र गुणस्तरमा योगदान गर्ने नगरपालिकाको रणनीति रहेको बताउनुभयो।

कार्यक्रमका अर्का बिशेष अतिथि संगठनका बागमती प्रदेश सचिब राजेन्द्रकुमार श्रेष्ठले सांगठनिक क्रियाशिलतामा जोड दिदैं कमिकमजोरीलाई सुधार गर्दै बलियो संगठन निर्माणका लागि आह्वान गर्नुभयो। कार्यक्रममा राधाकृष्ण श्रेष्ठ, नेपाल शिक्षक संघका कुमार खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।४२ औ शिक्षक दिवस तथा नयाँ बर्ष २०७८ को उपलब्धमा शुभकामना आदानप्रदान एवं बनभोज सहितको दोस्रो नगर अधिवेशन भएको हो। कार्यक्रम नगर कमिटी अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस