आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठस्वास्थ्य/शिक्षातातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने

तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने


भोटेकोसी । भोटेकोसी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । त्रिवि शिषण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्कसहरुको उपस्थितिमा भोटेकोसीमा स्वास्थ्य शिविर हुन लागेको हो ।

तातोपानी स्वास्थ्य केन्द्र वडा नं २ तातोपानीमा आउँदो २२ गते हुने निशुल्क शिविरमा मुटुरोग, हाडजोर्नी, प्रसुति, छालालगायतका रोगहरुको विशेषज्ञहरुले परीक्षण गर्नेछन् ।

आवश्यक परे बिरामीका लागि इसीजी, भिडियो एक्सरे सेवासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । शिविरका लागि प्राविधिक सहयोग नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल विद्यार्थी संघ र सेभ द हार्टले गरेका छन् ।

शिविरका लागि भोटेकोसी पावर कम्पनी, साथी फाउण्डेसन नेपाल, सिल्क ट्रान्सपोर्ट, नेपाल रेडक्रस सोसाइटी तातोपानी, तातेपानी आमा सहयोगले सहयोग गरेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!