Techie IT
Tuesday, March 2,2021 / मंगलबार, फागुन १८, २०७७
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू

ईन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर सुरू


नवलपुर । ईन्द्रावती गाउँपालिकामा तीन दिने निशुल्क स्वास्थ्य शिविर सुरू भएकाे छ ।ईन्द्रावती गाउँपालिका र विकासका लागि एकता नाम संस्थाकाे अायाेजनामा शिविरकाे सुरूअात गरिएको हाे ।
शिविर सञ्चालनका लागि जर्मन नेपाल सहयाेग संघ, रेटिना सपाेर्ट नेपाल र ॐ चावहिल डेण्टल प्रालिकाे सहयाेग रहेकाे छ । तीन दिन सम्म चल्ने शिविरकाे अाज(मंगलबार) सिम्पालकाभ्रेबाट सुरूअात गरिएकाे हाे । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भाेलि(बुधबार) नवलपुरमा र बिहिबार ज्यामिरेमानेमा शिविर सञ्चालन हुने जानकारी दिए ।
शिविरमा दाँत सम्बन्धि राेग, स्त्री राेग, अाँखा जाँच, सुगर, प्रेसरलगायत स्वास्थ्य शिक्षा तथा परामर्शसमेत दिईने अध्यक्ष तामाङले बताए । स्वास्थ्य जाँचपछि बिरामीलाई अावश्यक अाैषधिसमेत निशुल्क बिरतण गरिनेछ ।
उपचारका लागि शिविरमा तिलगंगा अाँखा अस्पतालबाट डा.एली प्रधानसहित चार जना, ॐ डेण्टल अस्पतालबाट डा. कृतिका देव, सुदिप अधिकारीसहित ६ जना, पराेपकार प्रसुती गृहबाट डा.निलम शाहसहित २ जना र वीर अस्पतालबाट एकराज सापकाेटासहित ४ जना फार्मेसिस्ट छन् ।
उपचार बिहान १० बजेबाट बेलुकी ४ बजेसम्म गरिने अायाेजक ईन्द्रावती गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस