Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठस्वास्थ्य/शिक्षाप्राविधिक शिक्षा पढ्ने इन्द्रावतीका सात विद्यार्थीलाई जनही ५० हजार सहयोग

प्राविधिक शिक्षा पढ्ने इन्द्रावतीका सात विद्यार्थीलाई जनही ५० हजार सहयोग


इन्द्रावती । प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

इन्द्रावती गाउँपालिका वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही ५० हजार सहयोग प्रदान गरेका हुन् ।

इन्द्रावती ३ को सिंहमती माविमा आयोजित शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार उनले सो रकम हस्तान्तरण गरेका हुन् ।

महेन्द्र माविबाट एसईई गर्ने दिनिसा गिरी, बनित भारती, सागर मल्ल र सुदीप भारती, सिंहमती माविका श्वेता थापा, शर्मिला तामाङ र विशाल तामाङलाई छात्रवृत्तिस्वरुप रकम हस्तान्तरण गरिएको हो ।

शैक्षिक प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शिक्षा क्षेत्रमा राम्रो नतिजा ल्याउने गरी गाउँपालिका लागिपरेको बताए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस