Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनप्रतिगमनविरूद्ध कविहरू सडकमा

प्रतिगमनविरूद्ध कविहरू सडकमा


बाह्रविसे ।  सरकारको प्रतिगमनविरुद्ध सिन्धुपाल्चोकका कविहरू सडकमा उत्रेका छ्न् । अाज सिन्धुपाल्चोकको बाह्रबिसेमा कविहरूले सडकमा कविता वाचन गर्द‌ै प्रतिगमनकाे विराेध गरेका हुन् ।
असंवैधानिक कदम (संसद विघटन) लगायतका सरकारबाट भएको प्रतिगमनको विरोधमा आज कविता वाचन गरिएको हाे ।
कविहरु राजन भण्डारी ” देशले खोजेको जङ्ग बहादुर”, नवीन पतझर “थ्व म्हसिका ख: बालाजु यागु:”, अमृत थापा “देशले न्याय खोजिरहेको छ”, टिएन नेपाल “ऐना”, सुषमा तिमल्सिना “पश्चगमन”, नवराज रायमाझीले “प्रतिगमन” शिर्षककाे कविता वाचन गरिएकाे हाे । सडक कविता वाचनमा कृष्न सेन “ईच्छुक”को कबिताको समेत बाचन गरेको थियो । यस्तै रामचन्द्र बस्नेत “क्वारेन्टाइन” र चट्याङ्ग मास्टरको” पार्टी खोल” को ब्यङ्य कबिता बाचन गरेको थियो साङ्बो शेर्पाको श्रृजना सुनाएको थियो ।
यसै गरि अच्युत न्यौपाने “नेपाली उखान: चाइनिज कोरोना भन्दा इन्डियन सिमाना घातक”को कबिता बाचन गर्दै अन्त्यमा उमेश जङ्गजीले प्रतिगमनको बिरुद्ध आफ्ना मन्तव्य राख्दै सिन्धु साहित्यिक चौतारीको सडक कबिताको कार्यक्रमको समापन गरिएको थियो ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस