Techie IT
Sunday, January 24,2021 / आईतबार, माघ ११, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनसंगीत कर्मी संघ सिन्धुपाल्चोकको अध्यक्षमा न्यौपाने सचिवमा गहतराज

संगीत कर्मी संघ सिन्धुपाल्चोकको अध्यक्षमा न्यौपाने सचिवमा गहतराज


सिन्धुपाल्चोक । राष्ट्रिय संगीत कर्मी संघ सिन्धुपाल्चोकको चौथो अधिबेशन बाट पिताचन्द्र न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार खाडिचौरमा भएको संघको चौथो अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा चार जना चुनिएका छन् ।

प्रथम उपाध्यक्ष ईश्वरी प्रसाद सापकोटा, द्धितीय उपाध्यक्षमा कुमार चालिसे, तृतीयमा राम सुन्दर पाण्डे र महिला उपाध्यक्षमा रञ्जना तिमल्सिना चुनिएका छन् । सचिवमा धन बहादुर गहतराज, सह सचिवमा राम खड्का, कोषाध्यक्षमा नारायण बाबु पौड्याल र सहकोषध्यक्षमा सुविना श्रेष्ठ चुनिए ।

त्यस्तै सदस्यहरुमा नारायण नेपाली, अम्बिका सापकोटा, सागर भण्डारी (दिनेश), साजन पराजुली, ईश्वर तिमल्सिना, बुद्ध तामाङ, गोमा कोइराला, देवकी भण्डारी, मिना चालिसे, विष्णु थापा, निरज कार्की, धिरज खत्री र ईश्वर प्रसाद तिमल्सिना निर्वाचित भएका छन् । संघको साधारण सभाले तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

सल्लाहाकार समितिमा योग बहादुर थापा संयोजक, रामकाजी खड्का सहसंयोजक र राज कुमार मोक्तान छन् । त्यस्तै प्रवक्तामा राज कुमार भण्डारी तोकिएका छन् । अधिवेशन रेशम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । यसअघिको कार्यसमितिमा सचिव भएका गहतराजबाहेक अन्य सबै कार्यसमितिमा नयाँ आएका हुन् ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार