Techie IT
Sunday, June 20,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनभोट गरौं, मेलम्चीका ढकाल नेपाल स्टारको अन्तिम चौधमा

भोट गरौं, मेलम्चीका ढकाल नेपाल स्टारको अन्तिम चौधमा


चौतारा । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो नेपाल स्टारको अन्तिम चौधमा मेलम्चीका एक युवा पुग्न सफल भएका छन् । मेलम्ची नगरपालिका १२ ढकालथोकका सुनन्द ढकाल नेपाल स्टारको अन्तिम १४ मा पर्न सफल भएका हुन् ।
काठमाण्डौंबाट अडिसन दिएका ढकाललाई त्यहाँभन्दा माथि पुयाउन भोट गर्नुपर्ने हुन्छ । हाम्रो मेलम्चीको गौरवलाई अझ माथि उठाउँ भन्दै मेलम्ची नगरपालिकाले भोट गर्नका लागि आव्हानसमेत गरेको छ ।
सुनन्दलाई भोट गर्न आफ्नो मोबाइलको मेसेज बक्समा गएर NS16 टाइप गरि 33001 मा पठाउनुपर्ने छ । भ्वाइस अफ नेपालमा समेत सहभागिता जनाएका ढकालले पहिलाृ अडिसनमा जज हरुके मन जित्दै तीनवटा गीत गाएका थिए ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!