गृहपृष्ठ ∕ कला / मनोरञ्जन ∕ गायक राजु लामाले ल्याए भोटेकोशी चिनाउने गीत (भिडियो) गायक राजु लामाले ल्याए भोटेकोशी चिनाउने गीत (भिडियो) Sindhu Khabar मंसीर ६, २०७७ गते १६:०४ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका चिनाउने गीति भिडियो सार्वजनिक भएको छ । चर्चित गायक राजु लामाको स्वरमा रहेको भोटेकोशी बोलको गीत यूट्युवमार्फत सार्वजनिक गरिएको हो । गायक लामाकै आधिकारि च्यानलबाट गीतलाई बजारमा ल्याइएको छ । भोटेकोशी गाउँपालिकामा रहेका पर्यटकीय महत्वका साथै साँस्कृतिक र ऐतिहासिक पक्षको उजागर गरिएको गीतको रचना सुसन लामाले गरेका छन् । सुसनकै संगीत रहेको गीतको भिडियोको ड्रोन, दृष्य सेसाई पेमा वाइवाको खिचेका हुन् । गीतलाई फणिन्द्र राइले संगीत संयोजन गरेका छन् भने सम्पादन छेवाङ लामाको रहेको छ । भोटेकोशी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको गीतमा भैरवकुण्ड, ऐतिहासिक दुगुनागढी, लिस्तीमाई, छगाम गुम्बा, नारायणथान, तातोपानी, कोदारीलगायतका दृष्य समेटिएको छ । गाउँपालिकामा रहेका सम्पदाहरुको समेत प्रवद्र्धन गर्ने उद्धेश्यले गीत निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । गीतले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने विश्वास रहेको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । क्याटेगोरी : कला / मनोरञ्जन, पर्यटन ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) भैरवकुण्डमा ट्रेल निर्माणको काम धमाधम देउढुंगा : स्वर्ग उक्लने सिंढी (फोटोकथा) काष्ठकलामा लोभलाग्ने ह्योल्मो संस्कृति धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका