शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठकलाशुभ कामना

शुभ कामना


भुजुङप्रयात छन्द

मलाई छ आशा बताऊ कसोरी
छ घाती जिवाणू हटाँऊ जसोरी ।

मिलेको मनैले भगाऊँ ठुलोरोग्
उ खाँदै छ रे मूटू फोक्सो न खा भोग् ।

बिहानी उ राती लुसुक्कै छिरेको
दिनैरात हिँड्दा म देख्छू गिरेको ।

यि सारा बुझेको छ मेरो मनैले
म गाऊछु गायत्रि डोरा जनैको ।

त भाग्नू परै हो न बस्नू म भन्छू
त छिट्टै गईजा तलाई म गन्छू ।

घनश्याम नेपाल (सन्देश)
चौतारा साँगाचोकगढी वडा न. ४ कुभिण्डे


क्याटेगोरी : कला
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!