Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनयस्तो छ पत्नीको जन्मदिनमा पूर्वमन्त्री शेरबहादुरको सपर्पित कविता

यस्तो छ पत्नीको जन्मदिनमा पूर्वमन्त्री शेरबहादुरको सपर्पित कविता


चौतारा । पूर्व कानुन मन्त्री एवं सिन्धुपाल्चोक प्रतिनिधिसभा–२ का साँसद शेरबहादुर तामाङले पत्नी उषाकला राईको जन्मदिनमा कविता समर्पण गरेका छन् ।
प्रदेश साँसदसमेत रहेकी शेरबहादुर पत्नी उषाको जन्मदिनको अवसरमा उनले ‘उषाजीमा समर्पित’ भन्दै फेसबुकमा कविता पोष्ट गरेका छन् । उनले कवितामा विभिन्न मिठा साहित्यिक शब्दमार्फत शुभकामना दिएका छन् ।

गुलाबको फूल रहेका चित्रमा जीवनका हरेक मोडहरुमा असल मातृत्व, समाज र राष्ट्रको लागि अग्रिम र कुशल नेतृत्व भन्दै कवितांशकै अंशबाट पूर्व मन्त्री तामाङले पत्नी ‘जन्मदिनको कोटी कोटी शुभकामना’ दिएका छन् । सोही तस्वीरमा साँसद उषाकलाको फोटो जोडेर उनले आफ्नो फेसबुक पेजबाट शुभकामना दिएका हुन् । हालसम्म उनको यो कवितांश पोष्टलाई दुई हजारले मन पराएका छन् भने ९ सय १४ जनाको टिप्पणी छ । ९ जनाले यो पोष्ट साझा गरेका छन् ।

यस्तो छ शेरबहादुरले पत्नी उषाकला राईप्रति समर्पित गरेको कविता ।

धर्ती झैं उम्रनु, जीवन दिएरै छाड्नु मातृत्व !
रवि झैं रापिनु, अग्रिम दिएरै छाड्नु नेतृत्व !!
सिंह झैं गर्जिनु, समृद्धि दिएरै छाड्नु मुलुकको !
मौरी झैं कर्मिनु, उन्नयन गरेरै छाड्नु जनताको !!
पानी झैं सिन्चिनु, भकारी भरेरै छाड्नु किसानको !
लक्ष्मी झैं भरिनु, सम्पन्नता दिएरै छाड्नु जनजनको !
वायु झैं बहनु, प्राण भरेरै छाड्नु जीवनको !
पुष्प झै फुल्नु, सगर भएरै छाड्नु मायाको !!
कबिता झैं हर्फिनु, कोरस मिलाएरै छाड्नु समाजको !
शशी झैं चम्किनु, अँध्यारो मेटेरै छाड्नु रातको !!
अग्नी झै जल्किनु, नष्ट गरेरै छाड्नु भ्रष्टको !!
रुद्र झैं रौद्रीनु, संहार गरेरै छाड्नु दुष्टको !


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!