Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनसदाबहार श्रीकृष्ण ‘एकदिन त छुट्नुनै छ मृत्यु केवल बाहाना हो’

सदाबहार श्रीकृष्ण ‘एकदिन त छुट्नुनै छ मृत्यु केवल बाहाना हो’


अनिश तिवारी
सिन्धुपाल्चोक,
‘यस्तो नमान्नुस एकदिन त छुट्नुनैछ मृत्यु त केवल बहाना हो ’ चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको खबर सुन्नेबित्तिकै भक्कानिएकाहरु यही लाइनलाई आधार मानेर चित्त बुझाउदै थिए । सबैलाई उनले दिएको यी गहन वाक्य सायद सदाबहार श्रीकृष्णको अन्तिम शब्द र सन्देश यही थियो । अन्तत सर्वस्व विजयी श्री बोन क्यान्सरबाट हारे, संसारबाट बिदा भए । उनको अन्त्यष्टीमा संसार भक्कानियो, काठमाण्डौका सडक र चोक पुरा भरिए । अहिले पनि त्यो क्षण सम्झदा लाग्छ मृत्यु होस् यस्तो होस् । यस्तो अदभूत लोभलाग्दो मृत्यु को चाहदैन् र जसको लागि विश्व रोओस् ।

नेपाली चलचित्र जगतका एउटा सदाबहार सितारा जसलाई नायक मात्रै भन्दा पनि अपमान गरे जस्तै हुन्छ । महानायक भनेर सम्बोधन गर्दा न्यायधिश या फिल्मी ज्ञाता भएको आरोप लागिहाल्ला भन्ने डर । सितारा श्रीलाई ठ्याक्कै पद या सम्बोधनले बाध्न सकिन्न । उनी जस्तै केही अभिनेता, कलाकारको लोभलाग्दाृ अभिनय क्षमतालाई सम्झेर आहिले दर्शक नेपाली फिल्म हेर्न लायलायित हुन्छन् । श्रीकृष्ण श्रेष्ठ धर्तीबाट भौतिक अस्तित्व छोडेर अस्ताएको ७ वर्ष पुग्यो । तर, उनको स्मृति र अभाव दर्शकको मनमा अझै गढेर बसेको छ । जो दिनहु अमर हुँदै गएका छन् । चलचित्र क्षेत्रको चर्चा गर्ने बित्तिकै तनमनबाट निक्लिहाल्ने आवाज हो श्रीकृष्ण श्रेष्ठ ।

चर्चित अभिनेता श्री आफैमा साधारण सरल थिए । उनमा नायक हुनुको कुनै तुजुक थिएन् । सबैसँग घुलमिल हुन रुचाउने उनी जहाँकही पुगेका हुन्थ्ये त आफ्नो छाप छोडेर जान्थ्ये । नम्र बोली वचन, स्वभावले उनको प्रत्येक कदमलाई स्वर्णिम बनाइदियो । जन्मसँगै मृत्युलाई असामयिक र सामयिक स्वीर्कार्नै पर्ने रहेछ, दुखद सिन्धुपुत्र श्री यसबाट अछुत रहेनन् । २०४५ सालमा चलचित्र भुमरीमा सानो भुमिकामा अभिनय गर्दै चलचित्र क्षेत्रमा पाइला टेकेका श्रीकृष्णको अदभुत अभिनयले सबैलाई लोभ्यायो ।

सिन्धुपाल्चोक, बुबा, चलचित्र र विवाह

त्यतिखेर श्री आफ्नै जन्मभुमी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको घुम्थाङ गाउँतिर फर्कदै थिए । त्यतिखेर सायद कहाँ भेटिएला भन्ने चलचित्र अभिनय चल्दै थियो । त्यतिखेर चलचत्रिको लागि सघाउने साक्षी मेरा बुबा बाह्रबिसे नगरका उद्धवबहादुर तिवारी भेटको स्मरण गर्दै भन्नुहुन्छ,‘श्रीकृष्ण एकदमै घुलनशिल थिए, उनको दाजु श्याम सरको इच्छाअनुरुप म सामाग्री पु¥याउन गएको थिए । चर्चित हिरो भएपछि भाउ खाने सोच्नुभएको बुबा श्रीको साधारण र अनुरोधपूर्ण व्यवहार देखेर तिन छक पर्नुभएछ । चलचित्रको तनावमा प्राया रिसालु भाव बोकेर अभिनयमा व्यस्त हुन्छन् ,तर श्री एकदमै शान्त देखिन्थ्ये ।

बुबाले त्यतिखेरको चलचित्रको सहयोगमा गरेको योगदानबारे श्रीले पछिसम्म याद गरेर धन्यवाद दिएको सम्झदा बुबा भावुक बन्नुहुन्छ । सिन्धुपुत्र श्रीसँग बुबाका केही यादगार क्षण र किस्सा जोडिएका छन्, जुन बारम्बार सुनाइरहनुहुन्छ उहाँ । बुबालाई श्रीलाई घरमा अतिथीको रुपमा ल्याएर चिया पिउने रहर थियो । श्रीले धेरै पटक वाचा पनि दिए, तर श्री आउन नचाहेकापनि होइनन्, समय यस्तो भइदियो कहिल्यै समय मिलेन् ।

घुम्थाङमा श्री जन्मेको पुख्र्यौली घर भुकम्पले जिर्ण बनाएको बेला म रिपोर्टिङमा पुगेको थिए । सदाबहार सितारा हुर्किएको माटो ढुंगाले लेपिएको पुरानो तीन तले घर लगभग ढलिसकेको अवस्थामा थियो । ‘श्री यही घरमा श्रीले संसारबारे जाने, उनको आधारस्तम्भ यो घर हो,’दाजु श्याम श्रेष्ठले भने । २०२४ साल १४ गते घुम्थाङ गाउँको पुरानो यही घरमा जन्मिएका श्रीले सिन्धुपाल्चोकका सुपुत्र हुनुको ऋण तिरिरहे । उनको मृत्युपछि श्रीकी पत्नी श्वेता खड्काले माझी समुदायलाई एकिकृत बस्ती बनाएर श्रीको गुन तिरिन् । अन्य सामाजिक काममा श्रीको अधुरो इच्छा अभिनेत्री खड्का पुरा गर्न कस्सिरहेकी तत्पर देखिन्छिन् । सिन्धुपाल्चोकको घुम्थाङ गाउँको कणकणमा उनको संगित र अभिनयले सुमधुर बनाएको प्रतित हुन्छ ।

मृत्यु त केवल बाहाना हो
अभिनेत्री श्वेता खड्कासँग विवाह गर्नुअघि श्रीले बुबालाई कार्ड पठाएर ३ पटकसम्म फोन गरेर भने,‘कुनै हालतमा परिवारसहित आउनुस ।’ बुबाले असहज मानेपछि अनुरोध गर्दै फोन गरेका श्रीले प्रेमपूर्ण शब्दमा आफुलाई सदभावले भरिएको गाउँलेझै उभ्याएर सिन्धुपुत्र हुनुको उदाहरण दिए । कारण के थियो थाहा भएन् र मैले बुबालाई पनि सोधिन्, तर बुबा विवाहमा जानु भएन् । त्यसपछि श्री धेरै रिसाए ।

पछिसम्म उनले त्यही कुरालाई लिएर दाजु श्याममार्फत बुबालाई अरु सन्देश पनि पठाइरहन्थ्ये । श्री आउने खबरले सिन्धुपाल्चोक पुरै झुम्थ्यो । विवाहलगत्तै बिरामी देखिएका उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भए । दिनहु बिग्रदै गएको स्वास्थ्य स्थितीबारे उनका परिवार, आफन्तमार्फत थाहा पाएपछि बुबा निराश देखिनुहुन्थ्यो ।

कसमदेखि कोहिनुरसम्म
सहनायककमा भूमिकामा ‘कसम’ खेलेपनि विश्व बस्नेत निर्देशित चलचित्र नाताबाट नायकका रुपमा अभिनय गरे । करिब सयभन्दा बढी सिनेमा खेलेका श्रीका धेरै चलचित्र बक्स अफिसमा हिट रहे । उनलाई अहिलेपनि हिट चलचित्र दिने हिरोको रुपमा चिन्ने गरिन्छ । त्यस क्रममा आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, हामी तीन भाई, सुखदुःख, कहाँ भेटिएलाजस्ता एकपछि अर्को हिट चलचित्र दिए । चलचित्र जगतलाई बिल्कुलै नयाँ आयाम दिएर उनले एउटा उचाइमा पुर्‍याए । त्यतिबेलासम्मका श्रीको व्यक्तित्व शिखरमा पुगिसकेको बेला थियो ।

अभिनेत्री श्वेता खड्कालाई जीवन संगीनीका रुपमा भित्र्याएका श्री विवाहलगत्तै बिरामी भए । उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका उनको अन्तत बोन क्यान्सरबाट मृत्यु भयो । त्यही साता उनको होम प्रोडक्सनको कोहिनुर रिलिज भएको थियो । कोहिनुरलाई आफ्ना प्रिय नायकको अन्तिम निशानीका रुपमा लिएका दर्शकको कोहिनुर हेर्न सिनेमा हलमा ओइरो लाग्यो । फलस्वरुपमा नेपाली चलचित्र इतिहासमै १० करोड रुपैया कमाउने चलचित्रको रुपमा सफल रहन गयो ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित समाचार