शनिबार, असोज ६, २०८०
गृहपृष्ठकलानवलपुरका गायक तेजको माथि माथि लेकमा धुपीको बोट बोल गीतको भिडियो सार्वजनिक

नवलपुरका गायक तेजको माथि माथि लेकमा धुपीको बोट बोल गीतको भिडियो सार्वजनिक


चौतारा ।
सुमधुर स्वर भएका युवा नव गायक नवलपुरका तेज थिङले आफ्नो स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरेका छन।
माथि माथि लेकमा धुपिको बोट बोलको गीत  युटुब च्यानल बाट सार्वजनिक गरेको हो ।
आस्मान लोप्चनको शब्द प्रकाश तामाङ तितुङको संगीत रहेको गीत माथि माथि लेकमा बोलको गीतको भिडियो निर्देशन र सम्पादन समेत आस्मान लोप्चनलेनै गरेका छन ।
चाँद सिङको संगित संयोजन एवम गोबिन्द सोनिको ध्वनी सम्पादन रहेको गीतको भिडियो छायांकन र रङ्ग सम्पादन सुर्य लामाको रहेको छ ।
भिडियोमा गायक स्वयम तेज थिङ , आस्मा लामा , अभिषेक लामा र मोनिका लामाको अभिनय देख्न सकिन्छ ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका ४ नवलपुरमा जन्मेका नव गायक तेज थिङको यो पहिलो कोशेली हो ।
गीत संगीतमा अब निरन्तर लागीरहने बाचा गर्दै सबै स्रोता दर्शकलाई आफ्नो गीत संगीतलाई माया गरेर साथ सहयोग गरिदिन अनुरोध समेत गरे।

क्याटेगोरी : कला
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!