Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनबजारमा ल्याइयो ‘छुटेका सपनाहरु’

बजारमा ल्याइयो ‘छुटेका सपनाहरु’


काठमाण्डौं । स्रष्टा देवकी तिमल्सिना ‘समीक्षा’ मुक्तक संग्रह ‘छुटेका सपनाहरु’ सार्वजनिक भएको छ । सिन्धुपाल्चोक मांखामाा जन्मिएकी तिमल्सिनाको दोस्रो कृतिलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले विमोचन गरेका हुन् ।

मुक्तक संग्रह छुटेका सपनाहरुमा ३०० वटा मुक्तकहरु संग्रहित रहेका छन् । विश्वमा ठूला ठूला परिवर्तनहरु साहित्यको माध्यमबाट भएको प्रसंग उठाउँदै समाजको गोरेटोको रुपमा रहेको साहित्यका माध्यमबाट कर्णालीमा धेरै गर्न बाँकी रहेको मन्त्री रावलले बताए ।

कृतिको समीक्षा गर्दै वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमले भने, कृतिले समाज, परिवेश, देश काल र परिस्थितिको यथार्थ बोलेको छ ।’ उनले भने, ‘साहित्यमा लाग्नेहरु धेरै हुन्छन् तर त्यसलाई निरन्तरता दिनेहरुको कमी छ तर समीक्षाले जुन निरन्तरता दिनुभएको छ स्रहानिय छ ।’


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित समाचार