चर्चातिर अमृतको ‘बेसारे मायाले’ (भिडियो)
चौतारा ।
- आहा कति मीठो गीत सबै प्यारे प्यारी हरु लाई बधाइ तथा शुभकामना । ट्रेन्डिङमा पुगेको हेर्न पाइयोस गरि दिनुस
- वाउ, क्यूट भ्वाइसु, अनि डान्स पनि एकदमै राम्रो
- रमाइलो छ गीत हजुर सँग जोडिएको छु हजुरहरु पनि जोडिनु हुनेछ भन्ने आशा लिएको छु । नेपाली गीत संगीतलाई माया गरौ
- गीत निकै राम्रो लाग्यो, अझ प्रगतिको कामना
- गीतका शब्द, लय निकै राम्रो लाग्यो
- दामी छ मन पर्यो मलाइ त
यी वाक्य हुन्–गायक अमृत भारतीको नयाँ तीज गीत ‘बेसारे माया’का प्रतिनिधि प्रतिक्रियाहरु । साताअघि भारती पिक्चर्सबाट सार्वजनिक गरिएको यो गीत अहिले चर्चामा छ । यसको भिडियो सार्वजनिक गरेसँगै गीतले वाही पाएको छ । यो क्रम जारी छ ।
गीत हेरेर धेरैले प्रतिक्रिया दिएका छन् । केहीले शब्द, संगीतलाई प्रशसां गरेका छन् भने केही दर्शकले भिडियो छायांकन अनि नृत्य । अधिकांशले भनेका छन्, ‘गीतको सबै पक्ष राम्रो छ, अझ सmलताको शुभकामना ।’ केही दर्शकको प्रतिक्रिया भने गीत निकै रमाइलो भएको छ ।
अमृत भारती र रमुना कार्कीको स्वरमा रहेको उक्त गीतमा शब्द तथा संगीत गायक भारतीकै रहेको छ । कृष्ण विकले संगीत संयोजन गरेको बेसारे माया गीत मेहनत गरेर तयार गरिएको भारतीको दाबी छ ।
क्याटेगोरी : कला
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस