आईतबार, फागुन ४, २०८१
गृहपृष्ठकलाकेशवलोचनका २५ हाइकु (आमा)

केशवलोचनका २५ हाइकु (आमा)


  • केशवलोचन शर्मा

१. ब्रम्हाण्ड पो हौं
के भनेर पुकारौं
आमा – जननी ।

२. दया कि खानी
परिवार कि दासी
मायालु आमा ।

३. पीडा सहने
आमा हुन खातिर
हाम्री जननी ।

४. मृत्यु सहने
सन्तानका लागि
आंशु पिउदै ।

५. थकित ज्यान
भारी माथिको बच्चा
मृत्युको भय ।

६. रित्तो छ पेट
श्रीमानको कहर
अनिदो रात ।

७. भालेको डांको
नानी सुम्सुम्यायदै
नाम्लो थाप्लोमा ।

८. यन्त्र हो ज्यान
परिवार धान्नु छ
तीनै प्रहर

९. फाटेको चोली
उत्पिडनको टालो
कुरिति बढ्दो ।

१०. देखिन्छ भान्सा
खोई कसले खायो
बुहारी ब्रत

११. भोकले रोयो
थाल छ आधा खाली
सस्नेही आमा ।

१२. बिष सरह
बुहार्तन सासूको
पचाउनु पर्ने ।

१३. रोपियो भाला
समाजको नियम
रगत बग्यो ।

१४. नारीको ज्यान
ओछ्यानमा रे साथी
श्रीश्रीको आश ।

१५. प्यारी श्रीमती
छोराछोरीको साथ
बिर्सियो आमा

१६. जननी जन्म
स्वर्ग झैं हुन भूमि
मुखाग्र मात्रै ।

१७. आमाको प्राण
यमराजको ढोका
प्रसति व्यथा ।

१८. मधुरो दृष्टि
डांडापारि सन्तान
आमाको माया ।

१९. आमाको माया
सजाउने साधन
खुब कमायो ।

२०. खोज्दै सन्तान
गहभरि छ आंशु
खडेरी लाग्यो ।

२१. बगेन आंशु
लाशमाथि आमाको
बेअर्थ कोरा

२२. दानको खाट
जीवन भर आमा
चिसो भुईंमा ।

२३. आमाको मुख
थार मरुभूमि भो
पितृ तर्पण ।

२४. छेउको हलो
जोत्दै जांदा कुनामा
पालो आपैmको ।

२५. आमाको व्यथा
लेखेर के सकिन्थ्यो
आमा क्रमश …..।


क्याटेगोरी : कला
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!