गृहपृष्ठ ∕ कला / मनोरञ्जन ∕ चार भाषामा रहेको चौताराको पहिचान झल्कने गीत सार्वजनिक (भिडियो) चार भाषामा रहेको चौताराको पहिचान झल्कने गीत सार्वजनिक (भिडियो) Sindhu Khabar असार २१, २०७७ गते १६:२६ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौताराको पहिचान झल्कने गीत सार्वजनिक भएको छ । एसियन म्युजिकले आफ्नो यूट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरेको हो । चन्द्रसिं घले, दीपा महर्जन र आसमान लोप्चनको स्वरमा रहेको प्यारो चौतारा, हाम्रो चौतारा बोलको गीतमा जीवन श्रेष्ठको शब्द रहेको छ । गायक घलेले संगीत रचेको उक्त गीतको भिडियोलाई राज पुरीले छायांकन र सम्पादन गरेका हुन् । गीतलाई दिनेश श्रेष्ठले संगीत संयोजन गरेका छन् । चौतारामा रहेका ऐतिहासिक, पर्यटकीय महत्वका स्थानहरुलाई भिडियोमा समेटिएको छ । नेपाली, नेवारी, तामाङ र घले गरि चार वटा भाषामा रहेको गीतको भिडियोमा चौतारा बजार, गणेश मन्दिर, नारायणस्थानजस्ता ठाउँहरु समावेश छन् । चौतारामा भएका विकास निर्माणसमेत गीतको भिडियोमा देख्न सकिन्छ । क्याटेगोरी : कला / मनोरञ्जन ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चन्द्रसिंकाे भ्यालेन्टाईन नम्बर “सानु” सार्वजनिक (भिडियाे) प्रतिगमनविरूद्ध कविहरू सडकमा संगीत कर्मी संघ सिन्धुपाल्चोकको अध्यक्षमा न्यौपाने सचिवमा गहतराज भोट गरौं, मेलम्चीका ढकाल नेपाल स्टारको अन्तिम चौधमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे