गृहपृष्ठ ∕ कला / मनोरञ्जन ∕ खाल्से ब्रिबा मुग्यामा माया युटुबबाट सार्वजानिक खाल्से ब्रिबा मुग्यामा माया युटुबबाट सार्वजानिक सिन्धु खबर असार १९, २०७७ गते २१:१३ मा प्रकाशित चौतारा । लामो लकडाउन पश्च्यात तामाङ म्युजिक भिडियो खाल्से ब्रिबा मुग्यामा माया बोलको गीत भर्खरै TF CHANNEL युटुबबाट सार्वजानिक भएको छ । जयन कुमार मोक्तानको निर्देशनमा निर्माण भएको यस गीतलाई तिङाला श्हेर नामक एल्बमामा समेटिएको थियो । रामजी घलानको शब्द रहेको यस गीतलाई अमृत लामाले संगित गरेको हो भने निर्मला घिसिङले गाएकी हुन् । गीतमा फोटोग्राफर युवाको कथालाई समेटेको देखिन्छ । मोडलीङ क्षेत्रका युवतीसंग प्रेम रहेको फोटोग्राफर युवाले बाहिर अरुको प्रेममा परे पनि अन्तमा आफ्नो श्रीमतीलाई आँखा दान गरेर मृत्यु भएको कथालाई मन छुने गरेर समेटिएको छ । लकडाउन भएकै कारण सामाजिक दुरी कायम गरी छायाङकन गरेको समेत निर्देशक मोक्तानले बताएका छन । गीतमा सुरेन्द्र तामाङ, सुस्मिता तामाङ, धुर्व सिं तामाङ घोटे, अस्मिता तामाङ, सम्झना तामाङको अभिनय रहेको छ । क्याटेगोरी : कला / मनोरञ्जन ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चन्द्रसिंकाे भ्यालेन्टाईन नम्बर “सानु” सार्वजनिक (भिडियाे) प्रतिगमनविरूद्ध कविहरू सडकमा संगीत कर्मी संघ सिन्धुपाल्चोकको अध्यक्षमा न्यौपाने सचिवमा गहतराज भोट गरौं, मेलम्चीका ढकाल नेपाल स्टारको अन्तिम चौधमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे