Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनभो! अब त भाग कोरोना!

भो! अब त भाग कोरोना!


भो ! अब त भाग कोरोना
भो! भो! अब त अति भो कोरोना
अलिकति त गरिदेउन हामीलाई करुणा
आफ्नै घर कोठाभित्रै थुनिएको महिनौ भो
रासन पानी पनि सकिसक्यो धेरै भो
अस्थायी रुममै भएपनि
मानविय विकास क्रमभंग भो विश्वभरिकै ज्ञान-विज्ञानका ज्ञाताहरुले पनि
केही गर्न नसकेर अचम्म भो !

भो! भो! अब त अति भो कोरोना
अलिकति त गरिदेउन …
आफूलाई संसारकै सर्वश्रेष्ठ प्राणी ठान्थे
पश्चिमी देशमा विश्वकै उत्कृष्ठ प्रविधि युक्त
स्वास्थ्य सेवा छ भनि मान्थे
न त बम न त बारुद!
अचम्मै अदृश्य युद्धको उद्घोष भो!
अचम्मै
अदृश्य र सुक्ष्म भाइरससँग युद्ध हारेको भान भो !

भो! भो!
यो अदृश्य संक्रमणको डरलाग्दो बाढीलाई रोक्न
संसार भरिका स्वास्थ्य सेवाका संरचनाहरु अति नै
अपुग भो,
तिम्रा संक्रमणका निसान, केही अपवाद छोडि
हाम्रा प्रिय जेष्ठ नागरिकहरुको प्राण नै हर्ने एउटा
अचुक अस्त्र भो,
स्वास्थ्य सेवाका जागरुक योद्धाहरु कैयौंलाई साथै
लग्यौं, कयौंलाई थला नै पार्यौ
अनि लाखौ-लाख मान्छेको प्राण हर्यौ त लाखौलाई
मरे तुल्य बनायौं

भो! भो!
सम्भव भएसम्मका सबै जनताहरुलाई घरभित्रै
थुनेर, सक्ने देशहरुले त अथाह सम्पति निकालेर बाँडे
नसक्ने देशहरुले पनि त्राहि त्राहि माम भइ घर,
बाटा र नाका थुने
बाँधेर पनि कति मात्र बाँध्नु?
बाँध्नुको साँध सिमानाको टुङ्गै लागेन,
हात मुख जोड्न श्रम गर्ने श्रमिकहरु अनि
पढ्न घर छोडी हिँडेकाहरु बिचल्लीमै परेछन् अरे!
कोही-कोही त बन्दा बन्दीको बेवास्तै गरी,
भोक-भोकै हिडेर घर पुगेछन् भरे ।
अझ कोही कोही त कोरोना भन्दापनि डरलाग्दो
महाकाली तरेर सुटुक्कै घर छिरेछन् अरे!

भो! भो!
अब त मै हुँ भन्ने सर्वशक्तिमान पनि तिम्रो सामु
झुकिसके,
आर्थिक रुपमा शक्तिशालीहरुको पनि बिस्तारै ढुकुटी
रिति सके!
तिमी जतिसुकै अदृश्य शक्ति भएपनि,
तिम्रो आनी-बानीको निष्रानि गरी,
ज्ञान-विज्ञानका ज्ञाताहरु तिम्रा विरुद्ध एकजुट भइसके
तिमी जतिसुकै प्रबल भएपनि तिम्रा लागि पासो बुनिसके
भाग अब तिमी आफै भाग कोरोना!
नत्र निकट भविष्यमै तिमी विरुद्धको सुरक्षा कवज
लगाउने छन् मानिसहरु,
तिमी विरुद्धको भ्याक्सिन लगाइ संसार भरि बाटै
तिम्रो अस्तित्व मेटाउने छन् मानिसहरु!

भो भो अब त अति भो कोरोना!
अब त तिमी आफै भाग कोरोना!!
                                          लसता देशार
                                          हाल क्यानडा


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस