गृहपृष्ठ ∕ कला / मनोरञ्जन ∕ बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि वैशाखभित्रै कविता पठाइनुपर्ने बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि वैशाखभित्रै कविता पठाइनुपर्ने Sindhu Khabar वैशाख १५, २०७७ गते १७:५३ मा प्रकाशित चौतारा, १५ चैत । दोस्रो बृहत सिन्धु साहित्य सम्मेलन अन्तर्गत हुन लागेको बागमती प्रदेश स्तरीय कविता प्रतियोगिताका लागि रचना पठाउने अन्तिम मिति वैशाख २०७७ तोकिएको छ । सम्मेलन मूल आयोजक समितिको निर्णयअनुसार वैशाख ३१ गते भित्र आएका कवितालाई मात्रै प्रतियोगितामा समावेश गराइनेछ । सम्मेलन यसअघि वैशाख २५ र २६ गते गरिने तय गरिएको थियो । महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कार्यक्रम स्थगित गरिएको आयोजक संस्था दुःखी प्रकाशनले जनाएको छ । लकडाउन खुलेपछि अर्काे सूचना जारी गर्दे कार्यक्रम मिति तय गरिने भए पनि कविता पठाउने अन्तिम मिति भने यही बैशाख मसान्त तोकिएको दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूले जानकारी दिए । बागमती प्रदेशभित्रका कविहरुले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताका लागि वैशाख ३१ गते ४ बजेभित्र कविहरुले आफ्नो बायोडाटासहित कविता सम्प्रेषण गर्नुपर्नेछ । कविता पठाउँदा कविले प्रिती फन्टमा टाइप गरि इमेलामार्फत पठाउनुपर्ने र कविता पठाउँदा नाम, ठेगाना, फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने आयोजकले जनाएको छ । हुलाक या अन्य माध्यमबाट पठाइएको कविता मान्य नहुने हुँदा इमेल नै गर्नुपर्ने नियम बनाइएको हो । कवितामा प्रथम हुनेले नगद ३०,००० (तीस हजार), द्धितीय हुनेले नगद २०,००० (बीस हजार) र तृतीय हुनेले नगद १०,००० (दश हजार) का साथै प्रमाणपत्र प्रदान गरिनेछ । आयोजकका अनुसार कविता दुई चरणमा मूल्यांकन हुनेछ । पहिलो चरणबाट मूल्यांकनबाट छनोट भएका १३ कविलाई वाचनका लागि बोलाइने अध्यक्ष कसजूले जानकारी दिए । कविता [email protected] मा पठाउनुपर्नेछ । क्याटेगोरी : कला / मनोरञ्जन ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चन्द्रसिंकाे भ्यालेन्टाईन नम्बर “सानु” सार्वजनिक (भिडियाे) प्रतिगमनविरूद्ध कविहरू सडकमा संगीत कर्मी संघ सिन्धुपाल्चोकको अध्यक्षमा न्यौपाने सचिवमा गहतराज भोट गरौं, मेलम्चीका ढकाल नेपाल स्टारको अन्तिम चौधमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे