बुधबार, असोज १७, २०८०
गृहपृष्ठकलाकोरोना भाइरसबाट बच्न जनचेतना जगाउँदै कलाकार धिताल चिरिच्याँट्ट(भिडियो)

कोरोना भाइरसबाट बच्न जनचेतना जगाउँदै कलाकार धिताल चिरिच्याँट्ट(भिडियो)


चौतारा । कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । विश्वको आधा बढी जनसंख्या घरभित्रै छ । हाम्रो देश पनि एक महिनादेखि लकडाउनमा छ । मान्छेहरु घरभित्र बन्दी भएका छन् । समय कटाउन मुस्किल भएका कुराहरु सामाजिक संजालमा आईरहेको छन् ।

कलाकार तथा सामाजिक अभियन्ता धिताल चिरिच्याँट्ट भने लकडाउनको सदुपयोग गर्दै, विभिन्न सिर्जनाहरु मार्फत कोरोना भाईरसबाट बच्ने उपायहरुका बारेमा भिडियो, कविता, गित बनाएर सामाजिक संजालमा पोष्ट गरेर मानिसहरुलाई मनोरञ्जनको साथै जनचेतना जगाउन लागिरहेका छन् ।

कहिले `बसौ हजुर बसौ घर भित्र बसौ` भन्छन् त कहिले `साबुन पानीले पटक पटक हात धोईरहनु` पर्ने कुराहरु गरिरहेका छन् । उनी भन्छन्, `लकडाउनको समयलाई हामीले सिर्जनात्मक बनाउन सक्छौ । मनोरञ्जनको साथमा कोरोना भाईरसको रोकथाम नियन्त्रणको सकरात्मक सन्देश प्रभाव गर्न सक्छौ । म पनि त्यही गरिरहेको छु ।`

उनले थपे, `अहिले कोरोना भाईरसको बारेमा गलत र भ्रामक कुराहरु पनि आईरहेका छन । त्यसलाई चिर्न पनि आफनो तर्फबाट सचेत गराउनु एक सचेत नागरिक र कलाकार भएको नाताले आफनो कर्तव्यको रुपमा लिएको छु ।`

धिताल चिरिच्याँट्ट अहिलेमात्रै होइन सधै समाजका विसंगति र विकृतिको सिर्जना मार्फत विरोध गर्दै सकारात्मक सन्देश दिइरहेका हुन्छन् ।


क्याटेगोरी : कला, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!