बुधबार, असोज १७, २०८०
गृहपृष्ठकलाचर्चा बटुल्दै ‘फूलसरी माया फुल्यो’ (भिडियोसहित)

चर्चा बटुल्दै ‘फूलसरी माया फुल्यो’ (भिडियोसहित)


काठमाण्डौं, ५ चैत ।

‘जति सुने पनि सुन्न मन लागिरहने गीत’
‘वाउ ! भेरि ब्युटिफूल संग्स’
‘नाइस वर्डस, नाइस सुट’
‘बेस्ट पर्फरमेन्स’
‘रियल्ली नाइस संग्स’
‘कति राम्रो भ्वाइस’
‘नाइस व्लडरफूल’
‘भेरि नाइस रोमान्टिक संग्स’
यूटुयुवमा राखिएको भिडियोमा आएका यी प्रतिनिधि प्रतिक्रिया हुन् नयाँ वर्ष २०७७मा रिलिज गरिएको रोमान्टिक गीत ‘फूलसरी माया फुल्यो’ को । गायक सुरज श्रेष्ठ र गंगा गजुमेरको स्वरमा रहेको फूलसरी माया फुल्यो नामको नयाँ म्युजिक भिडियोलाई संगीतप्रेमी दर्शक र अनि स्रोताहरुले अब्बल भनेर तारिफ र प्रशंसा गरिरहेका छन् ।
सार्वजनिक भएको साता नबित्दै म्युजिक भिडियोसहितको गीतले चर्चा बटुलेको छ । युट्युवमा आएका प्रतिक्रियाहरुमा गीत निकै राम्रो भएको, शब्द अनि स्वरको तारिफ गरिएको छ । गीतको भिडियोमा भएको दृष्यसँगै निर्देशनलाई पनि दर्शकहरुले निकै रुचाएका छन् ।
केदार खतिवडाको शब्द तथा मानसी किरणको संगीत तथा संगीत संयोजन रहेको यो गीतमा करुण श्रेष्ठ र शितल सिलवालको उत्कृष्ट अभिनय छ । म्युजिक भिडियोको निर्देशन तथा सम्पादन उत्तर मगरले गरेका हुन् ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!