लकडाउनमा यसरी आफै सुल्झाउनुहोस् सूचना प्रविधिका समस्या (भिडियोहरु)

चौतारा, ५ चैत ।
सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरेको लकडाउनमा सूचना प्रविधिका समस्या घरबाटै आफैले समाधान गर्न सकिने भएको छ । कम्प्युटर एसोसिएसन अफ क्यान महासंघका केन्द्रीय सदस्य प्रभात श्रेष्ठले लकडाउनको समयमा सूचना प्रविधि प्रयोगकर्ताको समस्या सुल्झाउन नयाँ अभियान चालेका हुन् ।
क्यान महासंघ साविक प्रदेश नं. ३ का पूर्व अध्यक्ष एवं क्यान सिन्धुपाल्चोकका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले युट्युव च्यानलमार्फत प्रयोगकर्ताका लागि आइपर्ने समस्याको समाधान सिकाउन थालेका हुन् । लकडाउनको अवस्थामा घरमै रहेर पनि भिडियो हेर्दै ल्यापटप, मोबाइलमा आएका सामान्य समस्या आफैले हल गर्न सकिने श्रेष्ठको दाबी छ । उनले भिडियोमा विभिन्न टिप्स दिएका छन् । जसले कम्प्युटरको स्पेस मात्रै हैन स्पिड पनि बढाउने छ ।
श्रेष्ठले आफ्नो भिडियोमार्फत एन्टरनेट प्रयोगकर्तालाई सहज पारिदिएका छन् । भिडियो हेरेरे राउटरको पोर्ट तथा बटनबारे जानकारी दिलाउनुका साथै मोबाइलबाटै राउटरको आइपी पत्ता लगाउन तरिसमेत प्रयोगकर्तालाई सिकाएका छन् । ‘वाइफाइलाई कसरी लुकाउनेदेखि वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्ने उपायबारे जानकारी दिएको छु ।’ उनले सिन्धुखबरसँग भने ।
दिनहुँ सूचना प्रविधिबारे नयाँ नयाँ टिप्स दिने बताउने श्रेष्ठले हालसम्म मोबाइल, ल्यापटप अनि इन्टरनेटको समस्या सुल्झाउनेबारे टिप्स दिइसकेका छन् । ‘लकडाउनको यो अवस्थामा कुनै पनि सुचना प्रविधि प्रयोगकर्तालाई समस्या नपरोस् भन्ने हेतुले यो अभियान सुरुआत गरेको हुँ ।’ उनले भने ।
क्याटेगोरी : कला
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस