Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनबलेफीमा साँस्कृतिक कार्यक्रमसहित भव्य ल्होसार

बलेफीमा साँस्कृतिक कार्यक्रमसहित भव्य ल्होसार


ज्ञानेन्द्र तिमिल्सिना
बलेफी, १४ माघ
२८५६ औं ज्युवा ल्हो ( मुसा वर्ग) सोनाम ल्होछार भब्यताका साथ मनाईएको छ । याफुल्ला युवा क्लव बलेफी गाउँपालिका–४ ले आयोजना गरेको कार्यक्रममा स्थानीय QQA छन् । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले तामाङ संस्कृति झल्काउने गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
सभालाई प्रमुख अतिथि नेपाल तामाङ घेदुङका भाषा, साहित्य तथा प्रशिक्षण बिभागका प्रमुख काजिमान थिङ, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष रेशम स्याङ्वो, नेकपाका नेता प्रतापसिं तामाङ, नेकपाका बलेफी गाउँपालिका कमिटीका ईन्चार्ज गंगाबहादुर तामाङ, बलेफी गाउँपलिका वडा नं.४ का अध्यक्ष कालिप्रसाद तामाङ, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिना, नेकपा बलेफी गाउपालिका ४ नं. वडा कमिटीका अध्यक्ष हरीबहादुर तामाङ, क्लबका पूर्व अध्यक्ष जगत तामाङ लगाएतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा सेलो गायक आसमान लोप्चन, जेवि जिम्बा,गयक तथा संचारकर्मी प्रितम तामाङ, मोडल तथा नाईका सुजिता गोले, मेडल रश्मिला तामाङ, नयक प्रेम गोले लगायतकाले सास्कृति प्रस्तुति गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष फूर्पा तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।


क्याटेगोरी : कला / मनोरञ्जन, पर्यटन
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस