भारतीलाई एपिक म्युजिकको जुरी अवार्ड

काठमाण्डौं, ६ माघ ।
एपिक म्युजिक अवार्डको दोस्रो संस्करणमा कुञ्चोकका गायक अमृत भारतीले जुरी अवार्ड हात पार्न सफल भएका छन् । मेरो प्यारो सिन्धुपाल्चोक बोलको गीतबाट गायक भारतिले अवार्ड हात पारेका हुन् ।
राष्ट्रिय सभा गृह मा सम्पन्न भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री टोपेन्द्र रायमाझीले उनलाई अवार्ड प्रदान गरे । एपिक म्युजिक अवार्ड को यो संस्करणमा करिब ३६ वटा बिधामा अवार्ड बितरण गरियको थियो ।
जिल्लाको इन्द्रावती गाउँपालिका वडा.न .२ मा जन्मिएका अमृत भारती सानैदेखी गित संगीतमा रुचि राख्थे । उनी साहित्यका स्रष्टा सर्जक पनि हुन् । २०७१ सालमा “अमृत“नामक गजलसंग्रह पकाशन गरेर सबैको मन जितिसकेका थियो । गजलसंग्रह प्रकाशन गरेर जिल्लामै कान्छो गजलकार को रुपमा परिचित थिए । साङ्गितिक छेत्रमा लागेर पहिलो गीत “कन्या राशी“बजारमा ल्यायका थिए । कन्या राशी गितको राम्रो चर्चाले गर्दा गायक भारतिले क्रमशः मन परेको केटि , हलो हुदैन ,पशुपति नाथ,नाचिदेउ मायाले छम्म छम्म छम्म जस्ता गीतहरु बजारमा ल्याइसकेका छन ।
कन्या राशी ,मेरो प्यारो सिन्धुपाल्चोक ,मन परेको केटि ,सुभ दशै जस्ता गितहरुले दर्शक श्रोता को मन जितेको थियो । अघिल्लो बर्ष सम्पन्न नेशनल पावर न्युज ले आयोजना गरेको अवार्ड पनि सर्वोत्कृस्ट गायक बाट अवार्ड जितेका थिए । मेरो प्यारो सिन्धुपाल्चोक गित बाट मात्र २ वटा अवार्ड जितिसकेका छन।भारतिले लाखौं दर्शक श्रोताको मन जितेर साङ्गितिक छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भैसकेका छन् ।
क्याटेगोरी : कला
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस