गृहपृष्ठ ∕ कला / मनोरञ्जन ∕ यस्तो छ सिन्धुपाल्चोकको पर्यटन वर्ष गीत (भिडियो) यस्तो छ सिन्धुपाल्चोकको पर्यटन वर्ष गीत (भिडियो) Sindhu Khabar पुस १६, २०७६ गते १९:१२ मा प्रकाशित चौतारा, १६ पुस । पर्यटन वर्ष २०२०मा सिन्धुपाल्चोकमा पर्यटन भित्र्याउने उद्धेश्यले गीति बृत्तचित्र निर्माण गरिएको थियो । बरिष्ठ गायक प्रेमध्वज प्रधानका साथै चन्द्रसिंह घले र मिना सिंहको स्वरमा रहेको सिन्धुपाल्चोक चिनाउने गीत हो । सिन्धुपाल्चोकको स्थानीय सञ्चारमाध्यम ओखरेनी साप्ताहिकले निर्माण गरेको गीति बृत्तचित्र एसियन म्युजिकले यूट्युबमार्फत बजारमा ल्याएको हो । बृत्तचित्र भित्र समावेश सिन्धुपाल्चोक चिनाउने गीत सञ्चारकर्मी किशोर बुढाथोकीको शब्दमा चन्द्रसिंले संगीत भरेका हुन् । एक साता बढी समय खर्चिएर जिल्लाका सबै स्थानीय तहमा रहेका पर्यटकीय गन्तब्यहरुको दृष्य कैद गरिएको भिडियोको सम्पादन उत्तर रानामगरले गरेका छन् । सन्तोष दाहालले खिचेको ड्रोनमा मिलन शंकरले क्यामेराका साथै र बृत्तचित्रको निर्देशन गरेका हुन् । सरकारले घोषणा गरेको पर्यटन वर्षमा सञ्चारमाध्यमको तर्फबाट आफ्नो जिल्लाको प्रचारका लागि गीति बृत्तचित्र निर्माण गरिएको छ । गीतमा शब्द र दृष्यमार्फत जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलको वर्णन गरिएको छ । शब्द तथा दृष्यमा हालै पहिलोपटक सफल आरोहण भएको जुगल हिमश्रृंखलादेखि पाँचपोखरी, हेलम्बु, आमायांग्री, गौराती, नौलिंगेश्वर महादेवसहित सुनकोसी, इन्द्रावती तीर समावेश छ । क्याटेगोरी : कला / मनोरञ्जन, भिडियो ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संगीत कर्मी संघ सिन्धुपाल्चोकको अध्यक्षमा न्यौपाने सचिवमा गहतराज भोट गरौं, मेलम्चीका ढकाल नेपाल स्टारको अन्तिम चौधमा गायक राजु लामाले ल्याए भोटेकोशी चिनाउने गीत (भिडियो) शुभ कामना धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह