गृहपृष्ठ ∕ कला / मनोरञ्जन ∕ भ्रमण वर्ष : सिन्धुपाल्चोक चिनाउने चेतनको दुई गीत (भिडियो) भ्रमण वर्ष : सिन्धुपाल्चोक चिनाउने चेतनको दुई गीत (भिडियो) Sindhu Khabar पुस १४, २०७६ गते १५:४५ मा प्रकाशित चौतारा, १४ पुस । पर्यटकीय जिल्ला सिन्धुपाल्चोकका विभिन्न क्षेत्रको पहिचान झल्काउने दुई गीत सार्वजनिक भएको छ । गायक तथा संगीत्कार चेतन सापकोटाको सिन्धुपाल्चोक र जुगल हिमाल चढ्न जाउँ बालको गीत यूटुयुवमार्फत सार्वजनिक गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लक्षित यी दुवै गीतमा जिल्लाको पर्यटकीय गन्तब्य, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पक्षको उजागर गरिएको छ । सिन्धुपाल्चोक बोलको गीत सिन्धुपाल्चोक महोत्सवको समयमा सार्वजनिक गरिएपनि भिडियो भने नेपाल भ्रमण वर्ष लक्षित गरि बाहिर ल्याइएको हो । यो गीतका रचनाकार रेवती सापकोटा हुन् । त्यस्तै जुगल हिमाल चढ्न जाउँ भन्ने बोलको गीतको अडियो र भिडियो भ्रमण वर्षकै लागि तयार गरि सार्वजनिक गरिएको हो । दृष्यसहितको गीत सिन्धुपाल्चोकका पूर्व मन्त्रीत्रय अमृतकुमार बोहरा, अग्नि सापकोटा र शेरबहादुर तामाङले राजधानीमा आयोजित एक् ककार्यक्रममा सार्वजनिक गरेका हुन् । गायक तथा संगीतकार सापकोटाले नेपाल भ्रमण वर्षमा सिन्धुपाल्चोकमा धेरै पर्यटक भित्र्याउने उद्धेश्यले गति सार्वजनिक गरेको बताए । साहित्य, कलामार्फत जिल्लाको चिनारी झल्कने देष्यहरु समेटिएकाले पर्यटकको रोजाईम सिन्धुपाल्चोक पर्ने उनको दावी छ । सिन्धुपाल्चोक बोलको गीतमा सिन्धुका उच्च राजनीतिक दलका नेताहरुको विशेष अभिनय रहेको छ । यसअघि नेपाल भ्रमण वर्षलक्षित सिन्धुपाल्चोकको चिनारी झल्कने एक गीत सार्वजनिक भइसकेको छ । जिल्लाको सञ्चारमाध्यम ओखरेनी साप्ताहिकले निर्माण गरेको जय जन्मभूमि, जय सिन्धुभूमि बोलको गीतलाई बरिष्ठ गायक प्रेमध्वज प्रधानका साथै चन्द्रसिं घले र मिना सिंहले स्वर दिएका छन् । चन्द्रसिंहको संगीत रहेको सो गीतलाई किशोर बुढाथोकीले शब्द कोरेका थिए । क्याटेगोरी : कला / मनोरञ्जन, पर्यटन, भिडियो ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘नमस्ते’ आमायांग्री (फोटोफिचर) जब रिन्पोछे नाच्दै गुम्बाबाट निक्लिए (फोटोफिचर) चन्द्रसिंकाे भ्यालेन्टाईन नम्बर “सानु” सार्वजनिक (भिडियाे) प्रतिगमनविरूद्ध कविहरू सडकमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे