Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनअभिनेता श्रेष्ठको ‘दमदार राजा लुक्स’

अभिनेता श्रेष्ठको ‘दमदार राजा लुक्स’


आशिष तिवारी
सिन्धुपाल्चोक, १४ मंसिर ।

बहुप्रतिक्षित फिल्म प्रेम गीत ३ मा मुख्य भुमिकामा देखिने चर्चित अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक भएस“गै चर्चा बटुलिरहेको छ । प्रेम गीत ३ कथानक चलचित्रमा श्रेष्ठ राजाको भुमिकामा देखिएका छन् । भने, दुई नायक प्रदिप खड्का र मनिष राउतको पिता अभिनेता श्रेष्ठ बनेको कथा छ ।
पोष्टर संरचना सकेस“गै फिल्म निर्माण्ँ टिमले चलचित्रको आधा छांयाकन सकिएको जानकारी पाइएको छ । आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माता संन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्म बन्दैछ । चंखे शंखे पंखे ,प्रेम गीत,प्रेम गीत २,मेरी मामु पछिको निर्माता सेनको यो पा“चौ नय“ा प्रकारको कथानक चलचित्र हो । उनले आफ्नो सामाजिक संञ्जालमा पोष्ट गर्दै सबैलाई प्रेम गीत ३ प्रर्दशन र टिम मनाङ जानेबारे जानकारी दिएका छन् । उनले फेसबुकमा स्टाटसमा भनेका छन्, ‘ए फरबिडन स्टोरी प्रेम गीत ३ भव्य सेटको छायांकन आधा भएको छ ।’
प्रेम गीतको तेश्रो सिरिज यो वर्षको अन्तिम चैत २८ मा देशभरका हलमा एकैसाथ प्रर्दशनमा आउने टिमबाट बताइएको छ । फिल्ममा क्रिस्टिना गुरुङ,शिव श्रेष्ठ,सुनिल थापा,प्रदीप खड्का, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी,पुष्कर लगायतको अभिनय रहेको छ ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस