बुधबार, असोज १७, २०८०
गृहपृष्ठकलाचर्चामा बहुप्रतिक्षित ‘सरौतो’ (भिडियो)

चर्चामा बहुप्रतिक्षित ‘सरौतो’ (भिडियो)


आशिष तिवारी
सिन्धुपाल्चोक, ११ मंसिर ।
नेपाली चलचित्र क्षेत्रमा बहुप्रतिक्षित फिल्म ‘सरौतो’ मंसिर १३ मा भव्य प्रदर्शनमा आउ“दैछ । युटुबमा फिल्मी ट्रेलरमा अत्यधिक भ्युअर्स र सकरात्मक प्रक्रिया पाइरहेको चर्चित ‘सरौता’माले बजारमा चर्चा बटुलिरहेको छ । पछिल्लो समय चर्चामा तानिएका गायक भिटेनको संगित र प्रसिद्ध कलाकारको रोचक अभनिय रहेको चलचित्रमा नायिकाको भुमिका देखिन्छ ।
समाजमा एउटा ,महिला या नारीलाई कमजोर सोच्ने प्रवृत्तीलाई ‘सारौतो’ले ठुलो थप्पड प्रहार गरेको छ । एउटा सुखी पारिवारमा कसैको दुष्टतापूर्ण हस्तक्षेप र बदलालाई दुरुस्त अभिनयमा उतारेर नायकको भुमिकामा एउटा नारी देखिन्छे । अनि उसको अनायसै कसैस“ग प्रेमको सिर्जना हुन्छ । दुष्टता मेटाउन देवीले अवतार लिएझै एउटा नारी बदलामा उत्रिन्छे । एउटा नारीलाई प्रेमी र गृहणी मात्रै नभई कालीको रुपमा उत्रिने स्वरुपलाई बहुआयमिक देखाइएको छ । यस्तै छ ‘सरौता’को रोचकपूर्ण कथा ।
१८ वर्षे फिल्मी अनुभव बटुलेका दिग्गज हरि हुमागाईको पहिलो निर्देशनमा बनेको ‘सरोतौ’लाई दर्शकले कत्तिको मन पराउछन् त्यो हेर्न बा“की नै छ । छक्का पञ्जाजस्तो सफल चलचित्रमा छायांकन गरेका हुमागाईबाहेक अन्य फिल्मी जगतका हस्तीको भविष्य सरौताले निर्धारण गर्नेछ । सरौताबाट डेब्यु गरेका कथानक अभिनयमा बोल्ड देखिएका लियो ट्यांक, सुमी मोक्तान, बिजय लामा,सन्नी सिंहजस्ता अन्य कलाकार मुख्य भुमिकामा देखिएका छन् ।


क्याटेगोरी : कला
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!