दरबारमा खिचिँदैछ प्रेमगीत–३

आशिष तिवारी
सिन्धुपाल्चोक, ९ मंसिर ।
किर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालय । अनि ,त्यसैको झण्डै दुईसय मिटर अगाडी आर्कषक दरबार देखिन्छ । पुग्ने जोकोही झुक्किने गर्छन् की साच्चै यो कुनै दरबार त होइन् । टिनको पाताले बेरबार पारेर ठड्याइएको दरबारमा डेढसय वर्षको पुरातात्विक मौलिकता देखेपछि सबै दंग पर्न सक्छन् । दरबारभित्र राज शयन, बैठकदेखि सभा, शासनजस्ता दर्जनौ कक्षले सजिएका छन् । चुन ढुंगाले बनेको दरबारमा गएको करिब १५ दिनदेखि बिहानदेखि मध्यरातसम्म एक हुलको कस्साकस्सी देखियो । घटना यस्तो रोचक छ ।
शनिवार साझ अन्दाजी ५ बजे । महाराज डेढसय वर्ष पुरानो दर्जनौ सेनानी पोशाकमा कम्मरे बञ्चरो र बन्दुक भिरेर सुरक्षार्थ थिए । झण्डै ५ बजेले साथ छोड्दा सिंहजस्ता राजा सेनापतीसहित नजिकैको गुफा र्छिछन् । मधुरो आगो छेउ पुजाआजामा मस्त एक देवी समिप राजा आसनजस्तै मुडामा बस्छन् । सेनापति छेउमा राजसुरक्षा गर्न कटिबद्ध देखिन्छन् ।
अचनाक आवाज आयो एक्सन । प्रेमगीत सिरिजका निर्माता सन्तोष सेन एक्कासी चिच्याए । हातमा स्क्रिप्ट बोकेर एक्सन कटमा व्यस्त उनले खुब दौडिए । गुफा बाहिरको मनिटरमा निर्देशक माता छेतेन गुरुङ र राजाको हाउभाउ र एक्सप्रेसन हेर्न रमाइरहेका देखिए । यहा बहुप्रतिक्ष्ँित फिल्म प्रेमगीत ३ को लागि राजाले माता भेट्न गुफा गएको सिनको फिल्मांकन भइरह्यो । अभिनेता शिव श्रेष्ठ राजा । माता अभिनेत्री लक्ष्मी बर्देवा । सेनापती प्रेम पुरी । शिवको छोरा अभिनेता द्रव्य प्रदीप खड्का र मनिष राउत छन् । शनिवार शिव,लक्ष्मी र प्रेमको सिन भएकाले प्रदीप छायांकनमा देखिएनन् । ५० लाखभन्दा बढीको लागतमा भव्य सेटमा गीतको भुमिकामा नव अभिनेत्री क्रिस्टिना गुरुङ,नव अभिनेता मनिष राउत र अभिनेता प्रदीप खड्काको लुक्स सार्वजनिक गर्दै टिमले फिल्मको छायंकन सुरु गरेको छ ।
‘४० प्रतिशत छायांकन सकिएको छ , फिल्मको बाकी छायांकनको लागि जम्बो टोली मनाङ लाग्दैछौ, ’प्रेमगीत २ मा मुख्य भुमिका निभाएका निर्माता टर्न निर्देशक सन्तोष सेनले भने । त्यह“ा फिल्मको एकदमै महत्वपूर्ण सिन लिइने सेनले जानकारी दिए ।
अभिनयमा डेब्यु
प्रेम गीत ३ बाट अभिनयमा डेब्यु गर्न व्यस्त अभिनेत्री क्रिस्टिनाको बढी सिन मनाङमा देखिन्छ । फिल्म छायंकनको माहोल हेर्न दैनिक सुटिङ सेटमा पुग्ने उनको अभिनेता प्रदीप खड्कास“ग जोडी राखिएको छ । प्रेम गीत ३ बाट मनिष राउतले डेब्यु गर्नमा व्यस्त छन् । उनको कामबाट निर्देशक सन्तुष्ट देखिन्छन् ।
केही दिनमै अभिनेता शिव श्रेष्ठ एउटा अर्वाडमा अमेरिका जान लागेकाले सिन खिच्ने काम चलिरहेको छ । मनाङअघि लुक्सको काम सकिसकेपछि अभिनेता श्रेष्ठको अवतार भिन्न प्रस्तुत हुनेमा पक्का छ ।
३ करोड लागतमा चलचित्र
आउदो चैत्र २८ गतेलाई प्रर्दशन मिति राखिएको प्रेम गीत ३ को लागत झण्डै ३ करोड भएको अनुमान छ । ‘३ करोडभन्दा बढ्नपनि सक्छ, ठुलो खर्च सेट र मनाङ,मुस्ताङबाट मगाइएको घोडामा भएको छ मनाङमा पनि सेट बनाइदैछ,प्राविधिक टोली केही दिनअघि पुगिसकेका छन्,’निर्माता सन्तोष सेनले भने ।
यस्ता छन् कलाकार परिवार
बहुप्रतिक्षित ‘प्रेम गीत ३’ मा सुनिल थापा,सन्तोष सेन,माओत्से गुरुङ,पुस्कर कार्की,अनुभव रेग्मी,योगिशा खत्री,समृद्धी शाही ठकुरीको अभिनय रहेको छ । आसुशेन फिल्मको ब्यानरको फिल्ममा कल्याण सिंह ,एलिश कार्कीको संगित र हिमाल केसीको एक्सन रहेको छ । कविराज गहतराजको कोरियाग्राफी र बनिश शाह÷भुपेन्द्र अधिकारीको सम्पादन र कुमार सेन फिल्मा निर्माता हुन् ।
क्याटेगोरी : कला
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस