शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठकलाबालगायिका कमला घिमिरेले यसरी हल्लाइन् चौतारा- भिडियोसहित २१ फोटो

बालगायिका कमला घिमिरेले यसरी हल्लाइन् चौतारा- भिडियोसहित २१ फोटो


चौतारा, ३० कात्तिक ।

पर्यटन वर्ष २०२० लाई भव्यताका साथ सफल पार्ने उद्धेश्यले आयोजित चौतारा रमाइलो मेलामा बाल गायिका कमला घिमिरेले चौतारावासीको मन जित्न सफल भएकी छिन् । बालगायिका घिमिरेले आफ्नो प्रस्तुतिबाट दर्शकको मन जितेकी हु्न् ।
चौतारा रमाइलो मेलामा एकपछि अर्काे प्रस्तुति दिएकी कमलाले दर्शकको वान्समोर पाइन् । शुक्रबारको कार्यक्रममा उनले ३ वटा दोहोरी प्रस्तुत गरिन् ।


मंसिर ३ गतेसम्म चल्ने मेला शुक्रबारबाट सुरु भएको हो ।मेलाको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले गरे । मेलामा ख्यातीप्राप्त ४० बढी कलाकारले आ आफ्ना प्रस्तुति दिनेछन् । जिल्लाको प्रमुख धार्मिक पपर्यटकीयस्थल गौराति जात्राको अवसर पारेर चौतारास्थित टुडिखेलमा मेलाको आयोजना गरिएको हो । आयोजक चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिकाअनुसार पर्यटन प्रवद्र्धनका लागि विविध सूचनामूलकसहित, हस्तकला, कृषि प्रवद्र्धन, छालाजन्य सामग्रीहरुको स्टलसमेत राखिएको छ । ४० रहेका स्टलमा होटल, कपडा, खेलौनालगायतकासमेत रहेको चौतारा रमाइलो मेलाका सहसंयोजक अमृतमान श्रेष्ठले जानकारी दिए ।


मेलामा बालउद्यान, रोटेपिङ, नाउ, ड्रागन, मिकी माउस, मारुती सर्कस,लगायत खेलको मज्जा लिन पाइनेछ । सह संयोजक श्रेठमाअनुसार कार्यक्रमलाई थप भब्य बनाउन राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरुउदेश श्रेष्ठ, हरि कर्माचार्य, प्रमोद निर्वाण, चन्द्रसिं घले, काउली बुढी, पशुपति शर्मा,  रोज मोक्तान, जितु नेपाल, शिवहरी नेपाल, घमेश दुलाल, इन्दिरा गोले, उर्गेन लामा,  धिताल चिरिच्याँट्टलगायत स्थानीय कलाकारहरुले प्रस्तुति दिनेछन् ।

 

 

 

 

 


क्याटेगोरी : कला, पर्यटन, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!